Logo
Logo

आफुविरुद्ध ‘षड्यन्त्र’रच्ने सबैको नाम सार्वजनिक गर्ने सन्दीपको चेतावनी



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गरेका छन् । विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको दिन बुधबार मध्यराति सामाजिक सञ्जालमार्फत उनले आफुलाई बलात्कार मुद्दामा फसाइएको दाबी गरेका हुन् ।

साथै उनले आफुविरुद्ध ‘षड्यन्त्र’रच्ने सबैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । उनले लेखेका छन्, ‘म सम्मानित अदालतको कानुन र आदेशलाई सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने वाचा गर्छु ।’

यसअघि बुधबारै उनले आफू षड्यन्त्रको सिकार भएको र सबै कुरा भगवान्को हातमा रहेको भावुक स्टाटस लेखेका थिए ।नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका र वेस्ट इन्डिजमा अर्को महिना हुने आईसीसी टी–२० विश्वकपका लागि बुधबार क्रिकेट टोली घोषणा गरेको थियो । बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय तोकिएका सन्दीपको पुनरावेदन उच्च अदालत पाटनमा विचाराधीन छ ।

सम्भवतः उनले विश्वकप टोली घोषणा हुनुअघि नै आफ्नो मुद्दाको छिनोफानो चाहेका थिए । तर उच्च अदालतले पेसी सारेको सा¥यै गर्दा विश्वकप टोली घोषणा गर्ने दिन आइसक्दा पनि सन्दीपको मुद्दा किनारा लाग्न सकेन । यसैकारण सन्दीप निराश भएका हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्