Logo
Logo
समाचार टिप्पणी

अझै केही भन्नु छ ?


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमा यदि नैतिकता भए यतिखेर राजनैतिक माहोल बेग्लै भइसक्थ्यो । तर, आफैँले भंग गरेको प्रतिनिधिसभा ब्यूँतिसक्दा पनि उनी प्रधानमन्त्रीको कुर्सी छाड्ने मनशायमा छैनन् ।
विघटन भएको प्रतिनिधिसभा सर्वोच्च अदालतले बदर गरेपछि आफूमाथि अविश्वासको प्रस्ताव आउने देखिएपछि प्रधानमन्त्री ओलीले भन्न थालेका छन्, ‘अविश्वासको प्रस्ताव ल्याएर हटाउन खोजियो भने मसँग अरुपनि उपाय छन् ।’ प्रधानमन्त्री ओलीले आइतबार एक टेलिभिजनलाई दिएको अन्र्तवार्तामा यस्तै आशंका व्यक्त गरेका छन् ।


पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउन नसकेको सनकमा प्रतिनिधिसभा विघटन गर्ने नियर्णमा पुगेर झण्डै दुई तिहाइ बुहमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नै कमजोर बनाएका ओलीलाई अहिले सत्ता जोगाउन हम्मेहम्मे भएको छ । र, नैतिकताको आधारमा समेत उनी संकटमा परेका छन् । तर, प्रधानमन्त्री ओली भने प्रतिनिधिसभा पुर्नस्थापनालाई समेत ब्यंग्य हुनेगरी बोल्न थालेका छन् । जसले उनीमा सत्तालिप्सा प्रष्ट हुन्छ ।
लाजमर्दो कुरा के भने ओलीले अझैपनि आफूलाई दुई तिहाइ बुहमत प्राप्त सरकारकै प्रधानमन्त्री ठान्दै आएका छन् । उनले यति पनि सोचेका छैनन् कि, ‘जनताले दिएको दुई तिहाइ बहुमत आफैँले तिलाञ्जली दिएँ, अब मलाई सत्तामा बस्न सुहाउँदैन ।’ तर, उनीमा त्यो देखिएको छैन । ‘म नेकपा सरकारको शक्तिशाली प्रधानमन्त्री हुँ’ भन्ने उनीमा अझै दम्भ देखिन्छ । त्यो दम्भ नभएको ‘हटाएर देखाओ’ भन्ने पक्कै थिएन ।
प्रधानमन्त्री ओली आइतबार आफ्नो गृहजिल्ला झापा गएर कुर्लिए, ‘तपाइँहरुले मुद्दा लडेर प्रतिनिधिसभा पुनस्थापित गर्नुभएको छ, सक्नुहुन्छ भने केपी ओलीलाई हटाएर देखाउनुस् ।’ उनले यतिमात्र भनेनन्, यदि हटाएमा दुई तिहाइ ल्याएर दखाइदिनेसमेत दावी गरे । उनले भने, ‘फेरि हटाउन सक्नुभएछ भने हटाउनुस् जनताबाट दुईतिहाइ मत लिएर देखाउँछु ।’
प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेपछि दलहरुबीच नयाँ सरकार गठनको कसरत भइरहेको बेला प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन् । नेकपा प्रचण्ड–माधव समूह, नेपाली कांग्रेस र मधेसी दलबीच सत्ता समिकरणबारे छलफल अगाडि बढेको छ । तर, प्रधानमन्त्री ओलीले आफू सत्ताबाट नहट्ने सन्देश दिन थालेका छन् ।

प्रधानमन्त्री ओली आफ्नो गृहजिल्ला झापा गएर कुर्लिए, ‘तपाइँहरुले मुद्दा लडेर प्रतिनिधिसभा पुनस्थापित गर्नुभएको छ, सक्नुहुन्छ भने केपी ओलीलाई हटाएर देखाउनुस् ।’ उनले यतिमात्र भनेनन्, यदि हटाएमा दुई तिहाइ ल्याएर दखाइदिनेसमेत दावी गरे ।

प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै राष्ट्रपतिले संसद अधिवेशनसमेत आह्वान गरिसकेकी छन् । सर्वोच्च अदालतको आदेशअनुसार संसद विघटनको निणर्य बदर भएको १३ दिनभित्र संसद बोलाउन आदेश दिएको थियो । सोहीअनुरुप सरकारको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी यही २३ फागुनमा संसद अधिवेशन आह्वान गरेकी छन् ।
प्रतिनिधिसभाको अधिवेशन आह्वान भएसँगै नेकपा प्रचण्ड–माधव समूहलगायतका दलहरु सत्ता समिकरणको रणनीतिक छलफलमा जुटेका छन् । तर, प्रधानमन्त्री ओली सत्ता जोगाउने रणनीतिमा छन् ।
संसद अधिवेशन सुरु भएसँगै प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेस हुनेछ । यही कुरालाई ध्यानमा राख्दै प्रधानमन्त्री ओलीले सत्ता जोगाउन अरु पनि उपाय छन् भनेको हुनसक्छ ।
प्रधानमन्त्री ओलीले झापामा भने, ‘तपाइँहरुले मुद्दा लडेर प्रतिनिधिसभा पुनस्थापित गर्नुभएको छ । अब प्रधानमन्त्रीको कुर्सीबाट हटाएर देखाउनुस् ।’ यसको मतलव प्रधानमन्त्री ओली त्यति सजिलै कुर्सी छोड्ने मनशायमा छैनन् भन्ने हो ।
प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव नेपाली जनताका लागि पिलोभन्दा बढी टनटन्नाउने गरेको भन्दै शान्ति, एकता देख्न नसक्नेले बल्लबल्ल एकता गरिएको पनि फुटाएर हिँडेको आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीले आफूले कुर्सी छाडे देश नै वर्वाद हुनेसमेत बताउन थालेका छन् । प्रचण्ड–माधव नेपालले देशलाई बर्बाद पार्न लागेको भन्दै भने, ‘तर हामी छौँ यो देशमा, लड्डु खानेहरुलाई म भन्छु, हामी यहीँ छौँ भन्ने नबिर्स ।’ उनले आफूले गल्ती नगरेपनि मुद्दा हार्दै जाने गरेको दावी गर्दै भने, ‘मुद्दा जिताएर मलाई कसैले प्रधानमन्त्री बनाएको होइन ।’
प्रधानमन्त्री ओलीले आफूलाई बचाउन सक्ने सबै उपाय अभिव्यक्तिमार्फत व्यक्त गर्न थालेका छन् । हुँदा हुँदा प्रधानमन्त्री ओलीले सोमबार पोखरा पुगेर आफूमाथि शारीरिक आक्रमण हुन सक्नेसमेत बताए । उनले भने, ‘ममाथि कसैले शारीरिक हमाल वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नुहोला ।’ आफैँ प्रधानमन्त्री र रक्षामन्त्री भइकन ‘सुरक्षा थ्रेट’का कुरा गर्नु कतिसम्म सुहाउँला ? सोमबार पोखरामा आयोजित आफू निकट कार्यकर्ता भेलालाई सम्बोधनक्रममा यस्तै आशय व्यक्त गरेका थिए । सत्ता जोगाउन अझै ओलीले के के भन्ने हुन् त्यो हेर्नै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्