Logo
Logo

एसएसपीको सरुवा र पदस्थापन तयारी, काठमाडौं परिसर र अपराध महाशाखाका एसएसपीको पद जोखिममा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० फागुन ।
प्रहरी प्रधान कार्यालयले बिहीबार बढुवा भएका एसपीको पदस्थापन गरी केहीको सरुवा गरेको छ । तर, एसएसपीको भने पदस्थापन गरिएको छैन ।


स्रोतका अनुसार केही महत्वपूर्ण कार्यालयका प्रमुखहरु हेरफेर हुन लागेकाले पदस्थापनमा समय लागेको हो । काठमाडौं परिसर तथा अपराध महाशाखाका प्रमुखहरु फेरिने सम्भावना छ । काठमाडौं परिसरका एसएसपी बसन्त लामाले राम्रो काम गर्न सकेका छैनन् । काम देखाउने नाममा पक्राउ गरेर वाइसिएलका नेतालाई गोली हानेको घटनाका कारण पनि उनी विवादमा तानिएका थिए ।
त्यस्तै अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंह राजनारायण पाठक काण्डमा मुछिएका छन् । पाठकले घुस लिएको भिडियो खिच्नेलाई उनले पक्राउ गरी धम्काएका थिए । उनीविरुद्ध समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।
प्रवक्ता रहेका उत्तमराज सुवेदी दुईमध्ये एक कार्यालयमा जाने सम्भावना छ । साथै केही तालिम केन्द्रका प्रमुखहरु पनि फेरिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्