Logo
Logo

निःशुल्क घरदैलो डिम्याट खाता अभियानमा एनआईबिएल एस क्यापिटल


दृष्टि संवाददाता


काठमाडौं । नेपाल धितोपत्र बोर्डको अभियान ‘एक नेपाली एक डिम्याट खाता’अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले निःशुल्क घरदैलो डिम्याट खाता अभियान ललितपुरको घुसेल बागमती गाउँपालिका वडा नं १ मा फागुन २० गते सम्पन्न गरेको छ ।

यस एनआइबिएल एस क्यापिटलले प्रत्येक नेपालीको पूँजी बजारमा सहभागिता होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो । यस अभियानमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकोे लगनखेल शाखाको समेत संलग्नता रहेको थियो ।

एनआईबिएल एस क्यापिटल लिमिटेडले ग्राहक वर्गको सेवा सुविधालाई मध्यनजर गर्दै बिहानी काउन्टर विहान ८ बजेदेखि ९ः३० बजेसम्म सञ्चालन गर्दै आइरहेको छ भने गत पुस १ गतेदेखि सीमित अवधिका लागि निःशुल्क डिम्याट तथा मेरो शेयर खोल्ने सुविधासमेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्