Logo
Logo

मुक्तिनाथ विकास बैंकका ग्राहकले सिद्धार्थ ग्रुपमा छुट पाउने


दृष्टि संवाददाता


काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले सिद्धार्थ ग्रुपमा छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकलाई थप सेवा दिन सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालिटीसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकले सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालिटीबाट सञ्चालित होटल तथा रेष्टुरेन्टहरुमा खाना तथा परिकारहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था पनि गरिएको छ । सिद्धार्थ ग्रुपका देशभर विभिन्न स्थानमा २१ वटा होटल, रिर्सोट तथा रेष्टुरेन्ट सञ्चालित छन् ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता काम बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्