Logo
Logo

चलचित्र विकास र सेन्सर बोर्डमा पाँच सदस्य नियुक्त


दृष्टि संवाददाता


काठमाडाैं । संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा पाँच सदस्य नियुक्त गरेको छ ।

सरकारले रिक्त रहेको चलचित्र विकास बोर्ड सदस्यमा अर्जुन कुमार डंगोल, प्रकाश भट्टराई र राज कटुवाललाई नियुक्त गरेको हो । त्यसैगरि रिक्त रहेको सेन्सर बोर्डमा राजेश महर्जन, सन्तोषकुमार थापा र मिनाक्षी कोइरालालाई नियुक्त गरेको छ ।

संचार मन्त्रालयमा आयोजित समारोहमा नियुक्त सदस्यहरुलाई प्रमाणपत्र दिँदै संचारमन्त्री पार्वत गुरुङले विकृति र विसंगतिरहित चलचित्र क्षेत्र बनाउन भूमिका खेल्न आग्रह गरे ।

बोर्डमा नियुक्त भएका अर्जुनकुमार गायक तथा निर्माता हुन् । उनले ‘चपली हाइट’का तीन सिरिजको निर्माणसँगै ‘फिटकिरी’, ‘फाटेको जुत्ता’ आदि फिल्म निर्माण गरेका छन् ।

प्रकाश भट्टराईले १८ वर्ष अघि ‘भाग्य’ नामक फिल्म निर्देशन गरेका थिए । त्यसैगरि राज कटुवालले भने ‘लीला’, ‘लाल्टिन’ आदि फिल्ममा अभिनय गरेका छन् ।

सेन्सरबोर्ड तर्फ सदस्य भएका सन्तोषकुमार थापा पत्रकार हुन् भने सेन्सर बोर्डमा नियुक्त भएकी मिनाक्षी कोइराला संगीतकार महेश खड्काकी श्रीमती हुन् ।

प्रतिक्रिया दिनुहोस्