Logo
Logo

तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई प्रभु बैंकद्वारा क्यूआर कोड हस्तान्तर


दृष्टि संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेडले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल पविधिमार्फत व्यवस्थापन गर्ने हेतुले क्यूआर कोड हस्तान्तर गरिएको छ । फेवातालको बीचमा रहेको बाराही मन्दिरमा एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले क्यूआर कोड हस्तान्तर गरेका हुन् ।

यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगदरहित कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुआत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्