Logo
Logo

सुन्दरीजलमा खस्यो मेलम्चीको पानी, अवलोकन गर्न पुगे प्रधानमन्त्री


दृष्टि संवाददाता


 

काठमाडौँ । लामो समयदेखि काठमाडौवासीले आश गरिरहेको मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ । शनिवार सुन्दरी जल आइपुगेको पानी अवलोकन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचतेर सुन्दरी जलमा पानी खसालेका हुन् ।

बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा भरिएको पानी सुन्दरी जल आइपुगेको छ । शनिबार आयोजित विशेष कार्यक्रमका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुन्दर जलमा पानी खसालेका हुन् ।

गत फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको पानी आज सुन्दरीजल आइपुगेको हो । सुन्दरीजलमा रहेका दुईवटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ ।

सिन्धुपाल्चोकको मेलम्चीबाट सुन्दरीजलमा आएको पानी अवलोकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली 

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।

गत फागुन १० गते सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी पठाइएको थियो । सुन्दरीजलमा आएको पानीलाई प्रशोधन गरेर परीक्षण गरिनेछ ।

बैशाखको दोस्रो सातादेखि घरघरमा पानी वितरण हुने बताइएको छ । निर्माण सुरु भएको १२ वर्षपछि मेलम्चीको सुरुङबाट ल्याइएको पानी सुन्दरीजलमा आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस्