Logo
Logo

पाकिस्तानी प्रधानमन्त्री इमरानले पाए विश्वासको मत


दृष्टि संवाददाता



एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदको तल्लो सदनमा विश्वासको मत प्राप्त गरेका छन् । अविश्वास प्रस्तावमाथि शनिबार भएको मतदानमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

३ सय ४२ सिट रहेको तल्लो सदनमा प्रधानमन्त्री खानको पक्षमा १ सय ७८ मत परेको छ । सदनमा विश्वास कायम राख्नका लागि खानले १ सय ७२ मत ल्याउनु आवश्यक थियो ।

सिनेटको चुनावमा महत्त्वपूर्ण सिट गुमाएसँगै प्रधानमन्त्री खानमाथि बहुमतकोे सन्दर्भलाई लिएर प्रश्न उठेको थियो । विपक्षी दलहरूले खानको राजीनामासमेत मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्