Logo
Logo

प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक : अविश्वासको प्रस्तावबारे निर्णय गर्ने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ ।
नेकपा संसदीय दल प्रमुख सचेत देव गुरुङका अुनसार अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुति हुने रणनीतिबारे छलफल हुने भएको छ ।
यसअघि शुक्रबार बसेको दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए आइतबार अविश्वास प्रस्ताव दर्ता गर्नेबारे निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने या नगर्नेबारे बैठकमा निर्णय गर्ने बताइएको छ । प्रचण्ड–नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रमुख प्रतिपक्षसँग संवाद गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्