Logo
Logo

पर्सामा सेञ्चुरी बैंकको शाखारहित सेवा


दृष्टि संवाददाता


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–४ को देवरवानामा शाखारहित बैकिङ सेवा शुरु गरेको छ । बैंकले आफ्ना ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले फागुन २२ गतेबाट उक्त स्थानमा सो सेवा शुरु गरेको हो ।

शाखा रहित बैकिङ सेवाको शुभारम्भ प्रमुख अथितिका रुपमा प्रदेश २ का विधायक माननीय मन्जुर आलम र विशेष अथितिको रुपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्तरुपमा एक समारोहवीच गरे । उक्त अवसरमा अध्यक्ष प्रदीप जयसवालले पर्सा जिल्लाको पुरानो बजारको रुपमा रहेको देवारवानामा शाखारहित बैंक सेवाबाट स्थानीय जनताले वित्तीय सेवा प्राप्त गरी आर्थिक समृद्धिमा मद्धत पुग्ने बताए ।

कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह, लिंकरोड शाखाका प्रमुख सुरेश साह साथै बैंकका अन्य कर्मचारी र स्थानीय गरेर १५० जनाभन्दा बढी सहभागिता रहेको थियो । शाखारहित बैकिङ सेवामा निक्षेप संकलन, रकम भुक्तानीलगायत बैकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन् ।

बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखा रहित बैंकिङ र ८८ एटीएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्