Logo
Logo

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


दृष्टि संवाददाता


काठमाडौं । प्रभु बैंकले वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत विद्यार्थीलाई बैंकिङ ज्ञान दिएको छ । बैंकले फागुन २३ गतेका दिन सिन्धुपाल्चोकका विद्यार्थीलाई उक्त बैंकिङ साक्षरता तथा ज्ञान दिएको हो ।

यससँगै सिन्धुपाल्चोकको तालमराङ गाउँपालिकास्थित तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ साक्षरता÷ज्ञान हासिल प्राप्त गरेका छन् ।

बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ५० जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ५ समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराईएको थियो ।

स्थलगत अवलोकको समापन समारोहमा विद्यार्थीहरुसँग अन्तर्क्रिरया गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्धारा सम्पादन हुने सबै किसिमका कार्यहरुका बारेमा विद्यार्थीहरुले बुझ्नने गरी प्रकाश पारेका थिए । बैंकका ब्राण्ड एम्बेस्डर एवं चर्चित गायक÷कलाकार प्रकाश सपुतको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहभागी विद्यार्थीलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु समेत प्रदान गरेका थिए । उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्