Logo
Logo

माछापुच्छ्रे बैंकद्वारा लुम्बिनीमा क्यूआरकोड तथा विच्याट पे सेवा सुरु


दृष्टि संवाददाता


काठमाडौं । माछापुच्छ्रे बैंकले लुम्बिनीमा क्यूआरकोड तथा विच्याट पे सेवा सुरु गरेको छ । स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको विकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा माया देवि मन्दिर प्रवेशमा लाग्ने शुल्क अब क्युआर कोडको माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।

उक्त सेवा सञ्चालन भएपछि मायादेवी मन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्यूआर कोड तथा बाह्य पर्यटक त्यसमा पनि विशेषगरी चाइनिज पर्यटकले वि च्याट पेको माध्यमबाट मन्दिर दर्शन शुल्क तथा आर्थिक सहयोग प्रदान गर्न सक्नेछन् ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिबद्ध रहेको बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एंव मुद्दति खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्