Logo
Logo

दिल्लीमा कोठी चलाउने नुवाकोटकी महिला पक्राउ


दृष्टि संवाददाता


काठमाडौं, २८ फागुन ।
मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी जिल्ला नुवाकोट साविक गाउँखर्क गा.वि.स.८ हाल दुप्चेश्वर नगरपालीका वडा नं २ घरभई भारतको नयाँ दिल्ली स्थित जि.बी. रोड ५६ नं.गल्लीमा कोठी संचालन गरी बस्ने बर्ष ६२ की (चमेली) सिता तामाङ भन्ने रुकमाया तामाङलाई मानव वेचबिखन अनुसन्धान व्युरोबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा विदुर नगरपालीका बाट पक्राउ गरी उनलाई जिल्ला अदालत काठमाण्डौ बाट दिन ७ को म्याद लिई थप अनुसन्धान कार्य जारी राखिएको ब्यूरोले जनाएको छ ।


एक किशोरीलाई तामाङको सहयोगीले चितवनमा चिनजानको मानिसको घरमा काम लगाइ दिन्छु भनि काठमाण्डौको कलंकीबाट बसमा चढाई साथमा लैजाने क्रममा पानीमा बेहोस हुने औषधी मिलाई जाहेरवालीलाई खुवाई वेहोश बनाए पश्चात भारतको नयाँदिल्ली स्थित मजनुका टिला,जि.बी. रोड ५६ नं.गल्लीमा (चमेली) सिता तामाङ भन्ने रुकमाया तामाङले संचालन गरेको कोठीमा लगि बिक्री गरेकोमा (चमेलि)सिता तामाङ भन्ने रुकमाया तामाङले जाहेरवालीलाई बन्धक बनाई राखी जबरजस्ती बेश्यावृतिमा लगाएको प्रहरीले जनाएको छ ।
सो गिरोहका अन्य सदस्यमाथि समेत प्रहरीले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्