Logo
Logo

४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने शिवम् नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल


दृष्टि संवाददाता


काठमाडौं । शिवम् सिमेन्ट ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको छ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो ।

हालै गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी शिवम्लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो । सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट पुरस्कृत शिवम् सिमेन्ट यससँगै ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एक मात्र ब्राण्ड बन्न सफल भएको हो । हालसम्म उत्पादित सिमेन्ट मध्ये शिवम् मात्रै यस्तो ब्राण्ड हो जुन एनएस–५७२ प्रमाणीकरण भई ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्न योग्य रहेको भन्दै आजको यस घडीमा शिवम् सिमेन्ट आफूप्रति सबैले गरेको भरोसाले बनेको यो सम्बन्ध युगौंयुग अटुट रहिरहने प्रतिवद्धता जाहेर गरेको छ ।

यसभन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस– ४९ प्रामाणीकरण गर्दै आइरहेको थियो । जसअन्तर्गत उत्पादित सिमेन्ट कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलव्ध थिए । नेपालमा एनएस– ४९ को मापदण्डअनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिँदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणासहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो । अब कुनै पनि सिमेन्ट कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न एनएस–५७२ प्रमाणीकरण गर्नु अनिवार्य छ । जसका लागि नेपाल गुणस्तर तथा नापतैल विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित ल्किङ्कर र सिमेन्टको लामो समयसम्म परिक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याव परीक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणिकरण गर्ने प्रक्रिया रहेको छ ।

क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई यो अवार्ड प्रदान गरिएको छ । ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरीय एवम् उत्कृष्ट उत्पादन हो भन्ने कुरा यो अवार्डले पुष्टि गरेको कम्पनीले जनाएको छ ।

‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा क्वालिटीको मामलामा नो कम्प्रोमाइज’जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपिसी सिमेन्ट बन्न सफल भएको कम्पनीले जनाएको छ । नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, युआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्