Logo
Logo

हिमालयन बैंकको नयाँ शाखा अत्तरियामा, संख्या ७१ पुग्यो


दृष्टि संवाददाता


काठमाडौं । हिमालयन बैंकले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर रोड, अत्तरियामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा फागुन २३ गतेदेखि उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

यससँगै बैंकको कूल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ र ४२०० भन्दा बढी पिओएस टर्मिनल संख्या पुगेको छ । बैंकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्