Logo
Logo

९१औँ ओस्कर अवार्ड : ‘ग्रीन बुक’ सर्वोकृष्ट (विजेताको सुचिसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ फागुन । फिल्मी दुनियाँकै गरिमामय मानिने ९१औँ एकेडेमिक अवार्ड ओस्करमा यस वर्ष फिल्म ‘ग्रीन बुक’ले बाजी मारेको छ ।
अमेरिकाको लस एन्जेलसस्थित डोल्बी स्टुडियोमा गएराति सम्पन्न ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित उक्त ‘ग्रीन बुक’ ‘सर्वोत्कृष्ट फिल्म’ बन्न सफल भएको हो ।
फिल्म ‘ग्रीन बुक’ले सर्वोत्कृष्ट फिल्मसहित अन्य तीन वटा विधामा ओस्कार जितेको छ । यसै फिल्मबाट अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलिले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जितेका छन् भने सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि आफ्नो पोल्टामा पर्न सफल भएको छ ।

यस्तै सर्वोत्कृष्ट अभिनेताको अवार्ड ‘बोहेमियान रुहाप्सोडी’बाट रामी मलेकले जितेका छन् । उनी यो विधामा पहिलोपटक मनोनयनमा परेका थिए । अवार्ड पाएपछि उनले आफ्नी आमालाई धन्यवाद दिए । सर्वोत्कृष्ट अभिनेताको विधामा क्रिस्चियन बेल, ब्राडले कुष्पर, विल्लेम डाफोई, भिग्गो मोर्टेसन मनोनयन सुचीमा थिए ।
यस्तै यसवर्ष ‘सर्वोत्कृष्ट अभिनेत्री’को विधामा ‘द फेभरेट’बाट ओलिभिया कोलम्यानले अवार्ड पाइन् । उनी पनि पहिलोपटक ओस्करमा मनोनयनमा परेकी थिइन् । उनले चारपटक ब्रिटिस एकेडेमी अफ फिल्म अवार्ड जितिसकेकी छन् । यो विधामा यसपाली ‘द वाइफ’बाट ग्लेन क्लोजलाई प्रमुख दाबेदार ठानिएको थियो ।
यसैगरी अल्फोन्सो कुआरोन सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते । चलचित्र ‘रोमा’बाट उनले यो अवार्ड पाएका हुन् । यसअघि सन् २०१४ मा पनि उनले यो अवार्ड जितेका थिए । कुआरोनले यसपाली सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रका लागि पनि अवार्ड जितेका छन् । सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘इफ बियल स्ट्रिट कुड टक’ बाट रिेगिना किङलाई दिइएको छ ।

यस्तो छ विजेताको सुची
१, बेस्ट फिल्म – ग्रीन बुक
२। बेस्ट अभिनेता – रामी मैलेक (बोहेमियन रैपसोडी)
३, बेस्ट अभिनेत्री – ओलिविया कोलमैन (द फेभरेट)
४, बेस्ट डाइरेक्टर – अल्फोन्सो कुओराम (रोमा)
५, – सर्पोटिङ अभिनेता – महैरशाला अली (ग्रीन बुक)
७, – सर्पोटि– अभिनेत्री – रेजिना किंग (इफ बील स्ट्रीट कुड टाक)
८, ओरिजनल स्क्रीनप्ले – निक वैलेलोंगा, ब्रियान करी, पीटर फैरेली (ग्रीन बुक)
९, एडेप्टेड स्क्रीनप्ले – ब्ल्याकक्लैन्समैन (स्पाइक ली, डेविड रेबिनोविट्ज, चार्ली वोशेल र केभिन विलमोट)
१०, बेस्ट सिनेमेटोग्राफी – रोमा (अल्फोन्सो कुआरोन)
११, प्रोडक्शन डिजाइन – ब्लैक पैन्थर (होना बेचलर जाई हार्ट)
१२ कस्ट्यूम डिजाइन – ब्लैक पैन्थर (रुथ कार्टर)
१३, फिल्म एडिटिङ – बोहेमियन रोप्सडी (जोन ओटमैन)
१४, फरेन ल्याङ्ग्वेज फिल्म – रोमा (मेक्सिको)
१५, डक्यूमेन्ट्री फिण्चर – फ्रि सोलो
१६, डक्यूमेन्ट्री शर्ट – पीरियड ए०ड अफ सेन्टेन्स (गुनीत मोगा ए०ड टीम)
१७, एनिमेटेड फिचर फिल्म – स्पाइडर मैन ः इन टू द स्पाइडर वर्स
१८, एनिमेटेड शर्ट फिल्म – बाओ
१९, लाइभ एक्शन शर्ट फिल्म – स्किन
२० ओरिजनल स्कोर – ब्लैक पैन्थर (लुडविग गोरैनशन)
२१, ओरिजनल सङ – शैलो (अ स्टार इज बोर्न ( लेडी गागा)
२२, विजुअल इफेक्ट्स – फस्र्ट मैन
२३, मेकअप एण्ड हेयर – वाइस
२४, साउण्ड एडिटिङ – बोहेमियन रैपसोडी
२५, साउण्ड मिक्सिङ – बोहेमियन रैपसोडी

प्रतिक्रिया दिनुहोस्