Logo
Logo

सिराहा बम बिस्फोट : सीसीटीभी फुटेजका आरधारमा एकजना नियन्त्रणमा


दृष्टि संवाददाता


सिराहा । सिराहाको मालपोत कार्यालयमा बम राखेकाे आरोपमा एकजना नियन्त्रणमा परेका छन् । सीमा सुरक्षा सशस्त्र प्रहरी बलले सुखीपुर नगरपालिका २ स्थित विद्यानगरबाट लहान नगरपालिका १८ भदैयाएका बलराम मण्डललाई नियन्त्रणमा लिएकाे हाे ।

सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दीपेश गिरीका अनुसार मण्डललाई मलपोत कार्यालयको सीसीटीभी फुटेजका आरधारमा नियन्त्रणमा लिइएकाे हाे । उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको उपरीक्षक गिरीले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्