बल्खुमा महिलाको बिभत्स हत्या, आरोपी पक्राउ « Drishti News – Nepalese News Portal
Logo

बल्खुमा महिलाको बिभत्स हत्या, आरोपी पक्राउ


दृष्टि संवाददाता


काठमाडौं, ३ चैत ।

काठमाडौंको बल्खुमा एक महिलाको बिभत्स हत्या भएको छ । हत्या आरोपमा मृतककै श्रीमान् पक्राउ परेका छन्। मंगलबार प्रहरीले हत्या भएकी महिला ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाका श्रीमान् सन्तोष सापकोटालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सन्तोषीको हत्यापछि फरार भएका सन्तोषलाई बल्खुबाट पक्राउ गरिएको हो।


सोमबार साँझ बल्खुको सुकुम्बासी बस्तीमा बोरामा प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला परेको थियो। बोरामा प्याक भएको अवस्थामा सन्तोषीको शव कोठामा नै फेला परेको थियो। बोराबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनीहरुबीच केही समयदेखि विवाद थियो । विवादपछि महिला माइती बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्