Logo
Logo

रिसोर्टमा युवती राखेर यौनधन्दा


दृष्टि संवाददाता


कैलाली, ३ चैत ।

रिसोर्टमा यौनधन्दा चलाउने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–६ जाली स्थित जंगल प्लाजा रिसोर्टका प्रबन्धक रामप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।


सो रिसोर्टमा ‘अनैतिक क्रियाकलाप हुने गरेको’ भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले छापा मारी रिसोर्ट मेनेजर चौधरीलाई पक्राउ गर्नुका साथै ५ जनालाई उद्दार गरेको जनाएको छ। िरामप्रसाद चौधरी समेतले ग्राहकहरुसंग आर्थिक लाभ लिई पीडितहरुलाई विभिन्न प्रलोभनमा पारी ग्राहकहरुसँग शारीरिक सम्पर्क गराउने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

चौधरीलाई मानब बेचबिखन तथा ओसार पसार शिर्षकमा मुद्दा दर्ता गरी सम्मानित कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको कैलाली प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्