Logo
Logo

ललितपुरको रेस्टुरेन्टमा तीन पक्राउ, छुटाउन नायिका सक्रिय


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १४ फागुन ।
ललितपुरको झम्सिखेलस्थित होटल भिभान्ताबाट ४४ लाख २१ हजार रुपैयाँसहित एक भारतीय र २ जना नेपाली पक्राउ परेका छन् ।

भारत सिक्किम घर भएका लाक्पा शेर्पा, हेटौैंडाका युवराज गुरुङ र कंचनपुरका सुमन भण्डारी पक्राउ परेका हुन् । उनीहरुले होटलमा झै झगडा र अभद्र व्यवहार गरेका थिए ।
प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरुसँग स्रोत नखुलेको रकम भेटिएको हो । सो रकमको छानबिन हुने प्रहरीले जनाएको छ । पक्राउ परेकालाई छुटाउन नायिका सुष्मा कार्कीले प्रहरीसँग लबिङ गरेकी छिन् ।
पक्राउ परेकाहरुले क्यासिनोमा आफूहरुले सो रकम जितेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्