Logo
Logo

फुटबलकाे क्रेज र सम्झनामा कान्छा बुबा



बेदप्रकाश तिमिल्सैना

म सानै देखी खेलकुद प्रेमी हु । पछि किशोर उमेरमै खेलकुद पत्रकार पनि भए । मेरो खेलकुद प्रतीको आकर्षण पस्चिम नेपालको ठुलो खेलकुद केन्द्र नेपालगञ्जको महेन्द्र रंगशाला नजिकै हुर्केकाले पनि हुन सक्छ । नेपालगञ्जको नयाँ संरचना दैनिक हुदै कान्तिपुर सम्म पनि मैले खेलक्द पत्रकारिता गरे ।मेरो रुची खेलकुदमा थियो त्यसैले मैले खेलकुद पत्रकारिता रोजे । म सबै खेलको विषयमा जानकारी राख्छु । तर खेलमा पनि फुटवलको अझ बढी प्रसंसक हु ।

मलाइ खेलकुद मेरो कान्छा बुवाले  (नरेन्द्र तिमिल्सैना १२ बर्ष देखी वेपत्ता) चिनाउनु भएको हो । बाल्यकालमा रेडियो नेपालका समाचार र समाचमुलक कार्यक्रम अनि विविसि नेपाली सेवा सुन्ने म कान्छा बुवा संगको निकटताले खेलकुद प्रेमी र फुटवलमा पनि अर्जेन्टीनाको डाइहर्ट प्रसंसक बन्न पुगे । रेडियो विश्वकप फुटवलको कमेन्ट्री सुन्ने उहाँ कान्छाबुवा चाँही त्यो सुनी सकेपछि मेरा लागी कमेन्ट्री गर्नु हुन्थ्यो । बहुसंख्यक नेपाली झै कान्छा बुवा अर्जेन्टीनाको पनि समर्थनमा भएकाले म पनि अर्जेन्टीनाको प्रसंसक बने । यो विश्वपक सम्म पनि म अर्जेन्टीनाकै समर्थनमा छु ।

अमेरिकामा भएको १९९४ को विश्वकपको पन्ध्रौ संस्करणमा शक्ति बर्धक औषधी सेवन गरेको आरोपमा म्यारोडोनालाई विश्कप खेल्न प्रतिवन्ध लगाएर मैदान बाट बाहीर निकालेको दिन कमेन्ट्री सुनी सके पछि दुबै काका भतिजा निकै दुखी बनेका थियौ । मैले खासै बुझेको थिएन तर उहाँ दुखी भए पछि म वालक वेदप्रकाश पनि दुखी भएको थिए । कान्छाबुवा म्यारोडनाका प्रसंसक हुनुहुन्थ्यो ।पछि गयर म पनि म्यारोडनाको प्रसंसक बने । आज पनि मलाइ मन पर्ने खेलाडी म्यारोडना नै हुन । अर्जेन्टीनाका म्यारोडना रुदै मैदान बाट बाहीरिए कमेन्ट्री गर्नेले भने पछि कुइका १ स्थित घर नजिक खला (आगन) को डिलमा बसेर रेडियोमा विश्वकप सुन्दै गर्दा कान्छाबुवाले निकै ठुलो स्वरमा भिम दाजु लाई म्यारोडोना लाइ खेलबाट निकाल्यो रे भनेर भनेको आज सम्म पनि मेरा कानमा गुन्जी रहेको छ । पछि निकै वेर सम्म कान्छाबुवाका आँखा रसाएका थिए । सन १९९८ को फ्रान्समा भएको विश्वपक दुवै काका भतिजाले नेपालगञ्जमा श्याम स्वेत टिभीमा हेरेका थियौ ।

अर्जेन्टिानाका सबै खेल हेरयौ । एसियामा जापान कोरियामा भएको २००२ को विश्वकपको एक खेल मात्र कान्छा बुवा संगै बसेर हेर्ने अवसर मिल्यो । बाँकी खेलहरु नेपालगञ्जको पुरानो सिद्धार्थ कटेजमा भाइ वालकृष्ण जोशी संग बसेर फाइनल सम्म हेर्ने मौका पाए । खेलकुदका प्रसंगमा त्यसमा पनि फुटवल र क्रिकेट विश्पकपमा उहाँको धेरै याद आउछ । कान्छा बुवा संग वसेर विश्वपक फुटवल , क्रिकेट अनि साफ गेम , साफ फुटवलको कमेन्ट्री रेडियो नेपालमा सुनेका र खेल टिभीमा हेरेका ति दिन हरुको झलझली याद आउछ । त्यस पछिका दुइ विश्वकप (सन २००६ मा जर्मनी मा भएको र सन २०१० मा दक्षीण अफिका)मा आयोजित विश्वकप पनि हेरे । तर अर्जेन्टीनाले राम्रो खेल्न नसक्दा त्यती रमाइलो महसुस गर्न सकिएन । अर्जेन्टीना सदाझै यसपटक पनि विश्वपकको दावेदार मानिएको छ । दुइ पटकको विश्व विजेता (१९७६ मेक्सीको र १९८२ स्पेन मा आयोजित ) अर्जेन्टीलालाइ यसपटक भनि उपाधीकाे दावेदारका रुपमा हेरीएकाे भएपनि टिमकाे खराव पर्दर्शनका कारण अन्तिम १६ काे लागि कडा प्रतिस्पर्धा गरिरहेकाे छ ।

रसीयामा भैरहेको भैरहेको फिफा विश्वकप फुटवलको २१औ संस्करण अन्तरगत आज समूह चारमा रहेको अर्जेन्टीनाले आज राती अन्तिम खेल नाइजेरीया संग खेल्ने छ । समूह चरणको पहिको खेलमा आइसल्याण्ड संग बराबरि खेलेको अर्जेन्टिना ले दोस्रो खेलमा क्रोसिया संग नमिठो हार ब्यहोर्यो । हामी बहुसंख्यक नेपालीको माया पाएको अर्जेन्टीनाले आज रातीको खेलमा विजयी भइ नकावट चरणमा प्रवेश गर्नेछ भन्ने अपेक्षा छ । अर्जेन्टीनाले र क्रोसिया विच हुने खेल सुरु हुने प्रतिक्षामा छु ।

यति खेर म आफ्नै गाउँ कुइका विनायक तिर छु । आज यताको मौसम त्यति राम्रो छैन । हावाहुरीले धोका दिनेहोकी भन्ने चिन्ता पनि उत्तीकै छ । आषा छ आज रातीको समूह चारको अर्जेन्टिना र नाइजेरिया बिचको ११: ४५ को खेल हेर्न अवरोध हुनेछैन । तर आजको खेलमा अर्जेन्टिना दवावमा छ । उसका चर्चित खेलाडी लियोनल मेस्सी पनि दवावमा छन । यो बिस्वकप मेस्सिको अन्तिम बिस्वकप हो । समूह चरणको खेलमा १ अङक आर्जन गरे्र पुछारमा रहेको अर्जेन्टिना ले नकआउट चरणको टिकट पाउन मेस्सिले गोल गर्नुको बिकल्प छैन । क्लब फुटबलका यी हस्ती अर्जेन्टिनाका लागि भने त्यति राम्रो संग खेल्न सकेका छैनन । यो खेल मा अर्जेन्टिना मात्र हार्ने छैन मेस्सी त्यो भन्दा धेरै गुमाउने छन यो चाहिँ पक्का हो । यी जब्बर खेलाडीको नाम क्लब फुटवलमा उत्कृष्ट भए पनि आफ्नो देशका लागि योगदान गर्न नसक्ने हस्तीको रुपमा कालो अक्षरले लेखिने छ । छनौट चरणको सुरुवातमा रसीया पुग्न नसक्ने आकलन गरिएको आफ्नो टिमलाई जसरी मस्को पुर्याय त्यसै गरि नकआउट चरणमा पुर्याउने छन भन्ने झिनो आसा बाकी छ । तर अर्जेन्टिना समुह चरण बाटै घर फर्के पनि यो प्यारो टिम लाई मेरो समर्थ जारी रहने छ ।

किनकी अर्जेन्टिना मेरो कान्छा बुवालाइ ( नरेन्द्र तिमिल्सैना १६ बर्ष देखी वेपत्ता तत्कालीन कुइका गाविसका दुई कार्यकालका अध्यक्ष) मन पर्ने टोलि थियो । त्यसैले विश्व फुटबलमा मलाई मन पर्ने टोलि को शुचि बाट अर्जेन्टिना हट्ने छैन । कुनै बेला मैले र कान्छा बुवाले अर्जेन्टिनाका स्टार खेलाडी ग्याबिरियल बाटिस्टुटा र हर्नान क्रेपोको खेल हेरेका थियौ । हो कान्छाबुवाकाको सम्झनामा म अर्जेन्टिनाको समर्थक थिए , छु र समर्थक रहिरहनेछु । साथै आफ्नो समयका स्टार खेलाडि बाटिस्टुटा र क्रेपो लाई पनि निकै सम्झिन्छु ।अर्जेन्टिना ले आज रातिको खेल हारे पनि जिते पनि मेरा लागि मेरा लागि राजनीति दलमा जस्तो नेपाली काङ्ग्रेसको विकल्प छैन , त्यस्तै फुटवलमा अर्जेन्टिनाको विकल्प छैन । यो पटकको बिस्वकप फुटवल का लिग चरणका खेल हरु कान्छा बुवा (नरेन्द्र तिमिल्सैना १६ बर्ष देखी वेपत्ता तत्कालीन कुइका गाविसका दुई कार्यकालका अध्यक्ष) लाई सम्झिदै हेरिरहेको छु ।

प्रतिक्रिया दिनुहोस्