Logo
Logo

पूर्वाधार र उत्पादनशिल क्षेत्रमा कोषको लगानी आवश्यक


दृष्टि संवाददाता


काठमाडौ । पूर्वाधार र उत्पादनशिल क्षेत्रमा कोषले लगानी परिचालन गर्नुपर्ने राजस्व सचिव रामशरण पुडासैनीले बताएका छन् । नागरिक लगानी कोषको ३१औँ वार्षिकोत्सवको अवसरमा सचिव पुडासैनीले पूँजी बजारको स्थायित्व, गतिशीलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने समय आएको बताएका हुन् । उनले वित्तीय उत्तरदायित्व, पारदर्शिता, संस्थागत सुशासन र आकर्षक सामाजिक सुरक्षा योजना कार्यान्वयन नै कोषको प्रगतिको आधार स्तम्भ भएको धारणा राखे । त्यसैगरी कोषले पूँजी बजारको विकास, गतिशीलता र बजारको स्थायितत्वको बिषयमा काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराईले चालु आर्थिक बर्षको फागुन मसान्तसम्म कोषले सञ्चालनमा रहेका योजनाबाट १ खर्ब ६७ अर्ब ९९ करोड पूँजी संकलन गरी १ खर्ब ६३ अर्ब ३० करोड रुपैया लगानी गरेको बताए । डा. भट्टराईले उच्च आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसेकसम्म दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिनेमा जोड दिए । यसका लागि कोषले आफूलाई अझ सुदृढ बनाउँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ काम गर्नुपर्ने आवश्यकत आफूलाई । कोष स्थापनादेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, प्रत्येक बर्ष सहभागी संख्या बृद्धि गर्न सफल हुनु र फरक–फरक किसिमका बचत योजना सफलता पूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार भएको उनको भनाइ थियो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै उपत्यका बाहिर बिराटनगर र पोखरामा शाखा कार्यालय सञ्चालन गरिरहेकोमा सुदूरपश्चिम प्रदेशको अत्तरिया र लुम्विनी प्रदेशको बुटवलमा शाखा विस्तारको लागि भवन भाडामा लिई कार्यसञ्चालन गर्नेतर्फ कोषले काम शुरु गरिसकेको बताए । कोषले विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता महसुस गरी नयाँ सफ्टवेयर सञ्चालनमा ल्याइसकेको जानकारी दिए । कोषको भौतिक पूर्वाधार, मानवीय पूर्वाधार र नियम कानूनका पूर्वाधारहरुमा सुधार र संशोधन भइरहेको भन्दै उनले संगठनात्मक संरचनालाई अझ व्यावसायिक बनाउन र ऐन, नियम र कानूनको परिधिभित्र बसेर आफनो कामलाई अगाडि बढाएको धारणा राखे । उनले नेपालको आर्थिक वृद्धि एवं नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारको नीति, योजना, अठोट एवं प्रणमा साथ रहने प्रतिबद्धना व्यक्त गरे ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कोषले कुल लगानीको ६/७ प्रतिशत मात्रै पूँजी बजारमा लगानी गरेको भन्दै उनले यो प्रतिशत १०÷१२ प्रतिशतसम्म पु¥याउनुपर्नेमा जोड दिए । स्वदेशी मात्रै नभएर विदेसी स्रोत र साधनलाई परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए । कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसेले समग्र कर्मचारीको हकहितमा काम गर्नुपर्ने धारणा राखे ।

सो अवसरमा कोषले सञ्चालन कार्यक्रममा कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन कोष, एकांक योजना, लगानीकर्ता हिसाव योजना, निजामती बीमा कोष, शिक्षक बीमा कोष, सैनिक बिमा कोष, नार्क बिमा कोष, नेपाल प्रहरी बिमा कोष, सशस्त्र प्रहरी बिमा कोष, राष्ट्रिय अनुसन्धान बिमा कोष तथा नागरिक पेन्सन योजनालगायतका बारेमा जानकारी दिएको थियो ।

यससँगै कोषले सहभागी कर्जा, परियोजना कर्जा, सरकारी क्रणपत्र तथा धितोपत्र लगानीजस्ता क्षेत्रमा काम गरी देशको कुल ग्राहस्थ्र्य उत्पादनमा योगदान पु¥याउँदै आएको छ । कोषले वार्षिकोत्सव कार्यक्रमको अवसरमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरेको थियो भने कोष कर्मचारी युनियनले आयोजना गरेको खेलुकुदलगायतका कार्यक्रमका बिजयीलाई पुरस्कृत गरेको थियो भने प्रविन राई, मनमोहन मिश्र र सिरिषा श्रेष्ठ उत्कृष्ट कर्मचारीको रुपमा छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्