Logo
Logo

उपत्यकाका वृत्तमा डिएसपी हेरफेरको तयारी


दृष्टि संवाददाता


काठमाडौं । प्रहरी प्रधान कार्यालयले उपत्यकाका वृत्तका डिएसपीहरुको जिम्मेवारी हेरफेर गर्न लागेको छ । एक वर्ष पुगेका र पुग्न लागेका डिएसपीको सरुवा गर्न लागिएको हो ।

उपत्यकाका वृत्तमध्ये बौद्ध वृत्तका डिएसपी नवीन कार्कीको एक वर्ष पुगेको थियो । त्यस्तै दरबारमार्ग वृत्तका हरि बहादुर बस्नेतको पनि एक वर्ष लगभग पुगेको छ ।

वृत्तका अन्य डिएसपीहरुको १० महिना पुगेको छ । सोह्रखुट्टे वृत्तका दीपक खड्काको ११ महिना पुग्न लागेको छ । एक समूह उनलाई हटाउन लागिपरेको छ । त्यस्तै, महराजगञ्जका रोशन खड्का तथा बानेश्वरका दक्ष बस्नेतको पनि करिब १० महिना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्