Logo
Logo

बज्रचार्य र अमात्य शिखर इन्स्योरेन्सको सञ्चालकमा निर्वाचित


दृष्टि संवाददाता


काठमाडौं । शिखर इन्स्योरेन्सको सञ्चालकमा दिनेश बज्राचार्य र स्कन्द अमात्य निर्वाचित भएका छन् । चैत ९ गते सोमबार सम्पन्न कम्पनीको वार्षिक साधारणसभाबाट सञ्चालक पदमा दुई जना निर्वाचित भएका हुन् । कम्पनीको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा बज्रचार्य र अमात्य निर्वाचित भएका हुन् । यससँगै उनीहरुले आगामी चार वर्षसम्म कम्पनीको सञ्चालक पदमा रहेको आफ्नो कार्यभार सम्हाल्नेछन् ।

साथै, सभाले सेयरधनीलाई २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद गरी २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ । त्यस्तै, बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्