माछापुच्छ्रे बैंकको सहयोगमा लैनचौर तथा प्रहरी तालिम केन्द्र चोकमा ट्राफिक लाइट जडान « Drishti News – Nepalese News Portal
Logo

माछापुच्छ्रे बैंकको सहयोगमा लैनचौर तथा प्रहरी तालिम केन्द्र चोकमा ट्राफिक लाइट जडान


दृष्टि संवाददाता


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्देश्यले काठमाडौँको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाइटको व्यवस्था गरेको छ । सोमबार एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंकका सञ्चालक रोशन केसी र विश्वप्रकाश गौतमले उक्त ट्राफिक लाइट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका छन् ।

सवारी आवागमनलाई सुरक्षित एंव व्यवस्थित बनाउने विश्वासका साथ बैंकले सवारी साधानको अत्याधिक चाप रहने राजधानीको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको हो ।

उक्त ट्राफिक लाइट हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाले ट्राफिक लाइटको अभावका कारण राजधानीको ट्राफिक आवागमनमा प्रायःजसो समस्या देखिने गरेको कुरालाई मनन गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक लाइटहरु हस्तान्तरण गरेको बताए । सोही कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले माछापुच्छ्रे बैंकले प्रदान गरेका ट्राफिक लाइटले आम नागरिकमा ट्राफिक नियमको पालना गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्