Logo
Logo

दाइजो नल्याएको निहुँमा बुहारीलाई मट्टितेल खन्याएर जलाउने पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । दाइजो नल्याएको निहुँमा बुहारीमाथि मट्टितेल खन्याएर जलाउने एक पुरुषलाई सात वर्षपछि पक्राउ परेका छन् । बाँके प्रहरीले नरैनापुर गाउँपालिका –२ का ७५ वर्षीय हनिफ शेषलाई पक्राउ गरेको हो ।

शेषसहित उनको श्रीमती सहजत खाँ र छोरा फरिज शेषले २०७० चैत २ गत फरिजको श्रीमती २३ वर्षीय रिहान शेषको शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए ।

दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै श्रीमान र सासु ससुरा मिलेर रिहान सुतेको बेला मट्टितेल खन्याएर आगो लगाएका थिए । घटना पछि रिहानका श्रीमान र सासु फरार छन् ।

तीन जनाविरुद्ध रिहानका बुबा बाँके डुडुवा गाउपालिका –६ का मो।समिम शेषले जाहेरी दिएका थिए। जलेर घाइते भएकी रिहानलाई परिवारले सुटुक्क उपचारको लागि भारत लगेका थिए ।

भारतमा केही समय उपचार पछी घरमा ल्याएपछि मात्र घटनाबारे माइती पक्षलाई जानकारी गराएको प्रहरीले जनाएको छ । त्यसपछि मात्र माइती पक्षले प्रहरीलाई जानकारी गराएको थियो । उनको तत्काल भेरी अस्पतालमा उपचार गरी थप उपचार काठमाडौंमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्