Logo
Logo

त्रिदेशीय फुटबल लिग : किर्गिस्तानमाथि बंगलादेशको जित


दृष्टि संवाददाता


काठमाडौं । त्रिदेशीय फुटबल लिगको पहिलो खेलमा बंगलदेशले किर्गिस्तानको यु–२३ टोलीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले किर्गिस्तानको युवा टोलीलाई १–० ले पराजित गरेको हो ।

तस्वीर : खेलपाटी

पहिलो हाफमा कुमारबाज उलु वाइयमानले गरेको आत्मघाती गोल नै बंगलादेशको जितमा निर्णायक बन्यो । बंगलादेशको सिनियर टोलीले किर्गिस्तानलाई पहिलोपटक हराएको हो ।

३०औं मिनेटमा कुमारवाज युलु वाइयामानको आत्मघाती गोलबाट बंगलादेशले खेलमा १–० को अग्रता लियो । मोहम्मद साद उद्धिनको क्रसलाई कुमारवाजले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बंगलदेशले जित्यो ।

नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्