Logo
Logo

पशुपतिमा चोरी भएको मुर्ती सशस्त्र प्रहरीले भेट्टायो


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ फागुन ।
काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट शनिबार चोरी भएको बाबा गोरखनाथको पुरानो मूर्ती एपीएफ टोलीले मगलबार फेला पारेको छ ।


सशस्त्र प्रहरी बल, नेपाल मन्दिर सुरक्षा वेश पशुपतिबाट सशस्त्र प्रहरी नायव निरीक्षक दधिराम पौडेलको कमाण्डमा खटिएको एपीएफ टोलीले काठमाडौं महानगरपालिका ८ स्थित पशुपतिनाथको मन्दिरबाट करीव तीन सय मिटर पूर्व उत्तरतर्फ रहेको जंगल क्षेत्रमा अपरान्ह करीव पौने पाँच बजे उक्त मूर्ती फेला पारेको हो । सो मूर्ती करीव ३५ के.जी. तौलको रहेको छ ।
गस्तीमा रहेको एपीएफ टोलीले त्यस ठाउँमा रहेको खरानीको रुखको जराभित्र वडार जस्तो ठाउँबाट सो मूर्ती बरामद गरेको हो ।
पारिपट्टि डाडाँबाट त्यसतर्फ आउँदै गरेको एपीएफ टोलीलाई देखेर दुई जना व्यक्तिहरु उक्त मूर्ती छाडी भागेका थिए । सो मूर्ती उक्त वडार जस्तो ठाउँमा बालुवाले पुरेर राखेको अवस्थामा भेटिएको हो । उक्त मूर्ती एपीएफ टोलीले स्थानीय प्रहरीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्