Logo
Logo

प्रभु बैंकले वित्तीय साक्षरताअन्तर्गत विद्यार्थीलाई बैंकिङ ज्ञान उपलब्ध गरायो


दृष्टि संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटडेले २०७७ चैत ९ गते सिन्धुपाल्चोक जिल्लास्थित तेर्षे माध्यामिक, महेन्द्र माध्यामिक, पाल्चोक माध्यामिक र भूमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ विद्यार्थीले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ साक्षरता/ज्ञान हासिल प्राप्त गरेका छन् ।

बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन/सम्पादन हुने विभिन्न क्रियाकलापको अवलोकन तथा अध्ययनका लागि ४८ जनाको संख्यामा आएका विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहलअन्तर्गतका विभिन्न विभागको स्थलगत अवलोकन गराइएको थियो । उक्त अवसरमा विद्यार्थीले प्रमुख कार्यकारी अधिकृतसमक्ष विभिन्न किसिमका बैंकिङ तथा वित्तीय जिज्ञाशासमेत राखेका थिए ।

प्रभु बैंकले विभिन्न सामाजिक क्रियाकलापमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिकलगायतको सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा प्रभुले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न वित्तीय साक्षरता अभिवृद्वि गर्ने कार्यक्रममा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय तहको बैंकिङ व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउने प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्