Logo
Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रदेश ५, ६ र ७ मा एजेन्ट मिट कार्यक्रम सम्पन्न


दृष्टि संवाददाता


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत चैत ५, ६ र ७ गते धनगढी, नेपालगञ्ज र दाङ गरी तीन ठाउँमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक÷एक दिने एजेन्ट भेटघाट र एएलएल/सिएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट उल्लेखनीय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनलगायत व्यवस्थापन समूहको उपस्थिति रहेको थियो । विगतको समीक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरी यस वर्षको प्रदेश ५, ६ र ७ को एजेन्ट मिट २०७७ सम्पन्न गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै विगत १४ वर्षदेखि संसारभरबाट सहजरूपमा नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्