Logo
Logo

स्कुल बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु


दृष्टि संवाददाता


कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट-२ कोलियामा स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको ज्यान गएको छ ।

चोरमाराबाट हुप्सेकोट तर्फ जाँदै गरेको लोकसेवा माध्यमिक विद्यालय वसन्तपुरको लु १ क ३९९९ नम्बरको बसले ठक्कर दिँदा सुक माया परियारको तीन वर्षीय छोरा कृष परियारको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी दिलीप कुमार गिरीले बताए ।

गिरीका अनुसार बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको र घटनास्थल मुचुल्का गरेर शव परीक्षणका लागि मध्य विन्दु जिल्ला अस्पताल ल्याउने तयारी गरिएको छ ।

मृतक बालकको स्थायी घर हुप्सेकोट-५ नाम्जाकोट भए पनि बालकको परिवार हुप्सेकोट-२ कोलियामा भाडामा बसोबास गर्दै आएको हुप्सेकोट-२ का वडा अध्यक्ष पदम बहादुर पौडेल क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्