Logo
Logo

सुरु भयो पठाओ सेवा


दृष्टि संवाददाता


काठमाडौँ । राइड सेयरिङ प्लेटफर्म पठाओको सेवा सुरु भएको छ । प्राविधिक समस्याका कारण अबरुद्ध पठाओको एप्स चलेको र सेवा सुरु भएको पठाओ नेपालकी मार्केटिङ सुरक्षा हमालले जानकारी दिइन् । ‘हाम्रो सेवा भर्खरैदेखि पुन सुरु भएको छ’ उनले भनिन् ।

गत सोमबार ट्याक्सी चालक र पठाओ राइडरबीच विवाद बढ्दै गएर झडप पनि भएको थियो । लगत्तै पठाओले राइडरहरुलाई आफ्नो लोगो भएको पोशाक नलगाउन निर्देशन जारी गरेको थियो ।

कोरोना महामारीमा सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार कम्पनीले राइडरलाई राइडको समयमा अनिवार्य प्रोटेक्टिभ गेयर ‘ज्याकेट र ट्राउजर’ को व्यवस्था गरेको थियो।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि ट्याक्सी सेवा सुरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्