Logo
Logo

रिसोर्टमा बसेर अपहरणको नाटक, पाँच जना प्रहरी फन्दामा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ साउन ।
अपहरणको नाटक गरी रिसोर्टमा बस्ने पाँच जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले रौतहटका सत्येन्द्र प्रसाद यादब, सिन्धुलीका अनुप बैद्य, चितवनका सुवास तामाङ, तनहुँका सुदीप थापा र सन्दीप ठकुरीलाई पक्राउ गरेको हो ।


यादब अपहरणमा परेको गलत सूचना उनीहरुले प्रहरीमा दिएका थिए । अनुसन्धान गर्दा उनीहरु तारकेश्वरको पाँचपानेस्थित रिसोर्टमा बसेको खुलेको छ । प्रहरीलाई अनाबश्यक दुःख दिएकाले उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्