Logo
Logo

साहित्य र कला संरक्षणार्थ प्रतिष्ठान बनाउँछौँ : मुख्यमन्त्री शाही


दृष्टि संवाददाता


कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको साहित्य, कला र संस्कृति संरक्षणका लागि सरकारी प्रतिष्ठान बनाएर अघि बढ्ने बताएका छन् ।

कर्णाली साहित्य समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘पुरस्कार तथा सम्मान अर्पण समारोह’लाई सम्बोधन गर्दै उनले सरकारले ऐनमार्फत त्यो प्रतिष्ठान अगाडि बढाउने बताए ।

उनले भने, ‘मुलुकमा साहित्य, कला, संस्कृति र भाषाले सम्पन्न प्रदेश हो कर्णाली, यसको उत्थानका लागि नागरिक तहबाट समाजले गरेको कार्य सराहनीय छ ।’

यद्यपि भाषा, साहित्य र कलामा पहिचानका निम्ति गहिरिएर लाग्न मुख्यमन्त्री शाहीले सुझाउनुभयो । यसको निरन्तरताले नयाँ पुस्तालाई ऊर्जा मिल्ने र यहाँको समृद्धि तथा विकासका साथै उज्ज्वल भविष्य निर्माणमा साहित्य र कलाको विशेष योगदान रहने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्