Logo
Logo

भारत–पाक तनावले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ फागुन । भारत–पाकिस्तानको विवादले काठमाडौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएपछि नेपालबाट भारत हुँदै पाकिस्तानको रुट प्रयोग गर्नुपर्ने विमानको उडान प्रभावित भएको हो ।
पाकिस्तानले भारतबाट प्रवेश गरेर आफ्नो रुट प्रयोग रोक लगाएको छ । यससँगै नेपालबाट उड्नुपर्ने टर्किस एयरलाइन्स विमानस्थलमै रोकिएको छ । यस्तै कतार एयरलाइन्सको उडान पनि प्रभावित हुने अवस्था आएको छ ।
टर्किस एयरलाइन्सलाई अब विकेड रुटबाट पठाउन लागिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताएका छन् । उनले विमानस्थलहरुमा कुनै पनि समस्या नरहेको बताउँदै पाकिस्तानले आफ्नो रुट प्रयोग गर्न रोकेकाले वैकल्पिक रुट प्रयोग गरेर टर्किस एयरलाई उडाउन लागिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्