Logo
Logo

वीरगञ्ज तरकारी तथा फलफुल बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा


दृष्टि संवाददाता


काठमाडौं । डिजिटल बैंकिङ कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे  बैंक लिमिटेडले वीरगञ्ज तरकारी तथा फलफूल बजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । वीरगञ्ज तरकारी तथा फलफूल बजारस्थित क्यूआर हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजनकृष्ण पन्त र वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संयुक्तरुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् ।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै वीरगंज तरकारी तथा फलफूल बजारमा तरकारी तथा फलफूल किन्नका लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्नेलगायतका थुपै सुविधाका कारणले गर्दा क्युआरकोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ«े बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानमा आक्रमक रूपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाजस्तै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइनमार्फत खाता एवं मुद्दति खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्