Logo
Logo

‘राजनीति जतासुकै जाओस्, प्रतिगामी सरकारलाई समर्थन गरिरहन सक्दिन’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो दबाबका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकेको बताएका छन् ।

काठमाडौंमा ‘वृहत नागरिक आन्दोलन’ले गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले ठूलो दबाबका कारण सरकालाई दिएको समर्थन फिर्ता लिन नसकेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने– ‘हिज असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा आएका साथीहरूले हत्तपत्त समर्थन फिर्ता नलिनु भन्दै जर्वजस्त दबाब दिएका छन् । नाम त कसैको लिन्न । तर, हत्तपत्त समर्थन फिर्ता लिंदा झन उल्टो हुन्छ है भन्नु भएको छ । त्यसैले तत्काल फिर्ता नलिइएको मात्र हो ।’

सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब रहेको बताए पनि प्रचण्डले अब छिट्टै समर्थन फिर्ता लिने बताएका छन् । उनले भने– ‘अब नैतिक र राराजनीतिक रुपबाट अब धेरै दिन पर्खन सक्दिनँ । मैले जुन सरकारालई प्रतिगामी भनेको छु, त्यसलाई समर्थन गर्न सक्दिनँ । चाहे राजनीति जतासुकै जाओस् । मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनु पर्ने छ । केही दिन भित्रनै त्यो प्रकृया अगाडि बढाउँछु ।’

असंवैधानिक कदमविरुद्ध संर्घषमा रहेको राजनीतिक दलसँग छलफल गरी छिट्टै समर्थन फिता लिइने प्रचण्डको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्