Logo
Logo

पाथीभराबाट उडेलगत्तै दुर्घटनामा परेको थियो हेलिकोप्टर


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ फागुन ।
पर्यटन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर पाथिभराबाट उडेको एक मिनेटमै डेढ किलोमिटर पर दुर्घटना भएको हो । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार पाथीभराबाट करिब डेढ किलोमिटरको दुरीमा दुर्घटना भएको थियो ।
खराब मौसम नै दुर्घटनाको प्रमुख कारण भनिएको छ । दुर्घटनामा मन्त्रीसहित सात जनाको मृत्यु भएको हो ।

दुर्घटनास्थलमा पुगेका स्थानीय स्वास्थ्यकर्मीका अनुसार हेलिकोप्टरमा सवार सातै जनाको शव डढेको अवस्थामा फेला परेको थियो । मन्त्री अधिकारीको शव भने अनुहार चिनिन सकिने अवस्थामा रहेको थियो ।

सातै जनाको शवलाई केहीबेरमा काठमाडौं ल्याइने भएको छ । शव लिनको लागि एयर डाईनेष्टी, नेपाली सेनाको हेलिकप्टर र सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनास्थलतर्फ गएको छ ।
ताप्लेजुङमा विमानस्थलको अध्ययनका लागि मन्त्री अधिकारी त्यहाँ गएका थिए ।

प्रतिक्रिया दिनुहोस्