Logo
Logo

को थिए रविन्द्र अधिकारी ? (अंकजालमा हेर्नुस्)


- दृष्टि न्युज/संवाददाता


पिता – इन्द्रप्रसाद अधिकारी
माता – लक्ष्मीदेवी अधिकारीको
जन्म मिति – बि.सं. २०२६ साल बैशाख २२ गते
जन्मस्थल – कास्की भरतपोखरी गाबिस–९ जामुनाबोटमा
श्रीमती – बिद्या भट्टराई (तत्कालीन विद्यार्थी नेतृ, हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत आरआर क्याम्पसमा प्राध्यापनरत)
अध्ययन – ब्यवस्थापनमा स्नातकोत्तर
सन्तान – दुई छोरा

विद्यार्थी राजनीति :
१. २०३७ सालमा विद्यार्थी राजनीतिमार्फत राजनीतिमा प्रवेश ।
२. प्रवेशिका उतीर्ण गर्ने वित्तिकै वन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरु ।
३. विद्यालयदेखि नै राजनीतिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनीति गतिविधिमा सक्रिय ।
४. २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष ।
५. २०४५ मा १ वर्ष माध्यमिक बिद्यालयमा अध्यापन ।
६. २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ।
७. २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष ।
८. २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य ।
९. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वबियु सभापति निर्वाचित ।
१०. २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्वबियु सभापति निर्वाचित ।
११. २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित ।
१२. २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष

विथार्थी राजनीत
१. शिक्षामा भएको निजीकरण र ब्यापारिकरणविरुद्ध लामो संघर्ष
२. प्राविधिक शिक्षाको बिस्तार र गुणस्तरियता र गुणस्तरिय शिक्षा जस्ता आन्दोलनको अगुवाई
३. वहुचर्चित कालापानी मार्चको नेतृत्व
४ सीमा सुरक्षा अभियान, नेपाली भू–भाग डुबाउने लक्ष्मणपुर बाँधको बिरोध
४. शाहज्यादा पारस शाहको ज्यादतीबिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने आन्दोलनको नेतृत्व
३ यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहुलियतको आन्दोलनको प्रमुख अगुवाई ।
राजनीतिक यात्रा
१. २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय ।
२. पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ३ महिना जेल जीवन ।
४. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत ।
५. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य ।
६. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव ।
७. बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वाचित ।
८. संविधान सभा २०६४ को सभासद ।
९. २०७० सालको संविधानसभा सदस्य ।
१०. रुपान्तरित व्यबस्थापिका संसदको सदस्य ।
११.२०७४ को आमनिर्वाचनमा पुनः तेस्रोपटक कास्कीबाट प्रतिनिधि सभामा निर्वाचित
१२.नेकपाका केन्द्रीय सदस्य
१३. वर्तमान सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री

कृति र प्रकाशन
१. संविधानसभा : लोकतन्त्र र पुनर्संरचना
२. समृद्ध नेपाल
३. बिगत दुई दशकदेखि राजनीति एवं विकाससम्बन्धी सयौँ अनुसन्धान र राजनीतिक लेखहरु प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्