Logo
Logo

राष्ट्रपति र उपराष्ट्रपतिबाट होलीको शुभकामना


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य मापदण्ड अपनाएर होली खेल्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् । होली पर्वका अवसरमा शुभकामना दिंदै उनले कोरोना भाइरसको जोखिम नटरेकाले सावधानीपूर्वक होली खेली संस्कृति जोगाउन आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले यो पर्वले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्‍भाव¸ सहिष्णुता¸आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिगरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वाससमेत गरेकी छन् ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना सन्देश जारी गर्दै होली पर्वले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्