Logo
Logo

यस्तो रहनेछ आज दिनभरीको मौसम पुर्वानुमान


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । देशभर आज स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाले जारी गरेको विवरण अनुसार देशको पहाडी भु-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै आईतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । अपराह्न पश्चात देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही, बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुासर मंगलबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्