Logo
Logo

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौँ ल्याउँदै


- दृष्टि न्युज/संवाददाता


ताप्लेजुङ , १६ फागुन ।

नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाइँदैछ ।

बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो ।

बुधबार रातैभरी बाक्लो हिमपात, कुहिरो र पानीले घटनास्थल पूरै ढाकेकाले शव उठाउन मुश्किल भएपछि आज सबै शव सुकेटार एयरपोर्ट ल्याइएको हो । 

ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाको अनुसार मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव अब केहिबेरमै काठमाडौँ पठाउने तयारी भइरहेको छ ।  

त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि आज बिहान सेनाको हेलिकोप्टरद्वारा बाँकी तीन शव ल्याउन लागिएको हो । सुकेटार विमानस्थलमा शव ल्याई पु¥याएलगत्तै शव काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्