Logo
Logo

कोरोना संक्रमण बढ्ने विशेषज्ञको चेतावनी


दृष्टि संवाददाता


काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरे पनि फागुको अवसरमा आइतबार मापदण्ड अवलम्बन गरेको पाइएन ।

फागु मनाउने क्रममा काठमाडाँँैका वसन्तपुर, नयाँ बानेश्वर, चाबहिल, भक्तपुर लगायतका क्षेत्रमा भीडभाड भएपछि सम्बन्धित निकाय र विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य मापदण्ड अपनाउन गरिएको आग्रहलाई बेवास्ता गर्दै फागु खेलिएकाले कोरोना सङ्क्रमण बढ्ने चेतावनी विशेषज्ञले दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले भोलिका दिनमा कोरोना सङ्क्रमित बढ्न सक्ने चेतावनी दिनुभयो । डा। अधिकारीले भारतमा दोस्रो लहर देखिएको भन्दै नेपाल पनि त्यत्तिकै जोखिममा रहेको जानकारी दिनुभयो ।

उहाँले भारतसँग नेपालको खुला सीमा रहेकाले पनि मानिस सामान्य रूपमा आवतजावत गर्नसक्ने भन्दै नेपाल कोरोनाको उच्च जोखिममा रहेको जानकारी गराउनुभयो ।

डा. अधिकारीले भन्नुभयो, “पछिल्ला दिनमा ५० को सङ्ख्यामा देखिएको कोरोना बढेर १८० सम्म पुगेको छ, भोलिका दिनमा दैनिक एक हजारसम्म पुग्न सक्छ, त्यसैले सचेत हुनु जरुरी छ ।” डा। अधिकारीले स्वास्थ्य मन्त्रालयले चाडपर्वका नाममा भीडभाड नगर्न आग्रह गर्ने तर त्यसको नियमक निकाय गृह प्रशासन भएकाले भीडभाड नियन्त्रण गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयको नभएको जानकारी गराउनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्