Logo
Logo

ध्रुवे थला पर्यो, रोनाल्डो घाइते


दृष्टि संवाददाता


सौराहा । मत्ताधु्रवे हात्ती विरामी परेपछि हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोर सौराहाका पोथी (ढाई) हात्ती रमाउन छाडेको छन् ।

विगत डेढ महिनादेखि मत्ता हात्तीसाग रमाईरहेका यहाँका ढाईहरु ध्रुव्रे विरामी परेर हात्तीसार आउन छाडेपछि रमाउन छाडेका हुन् ।
हात्तकिा माउत्ते कृष्ण दुनुवारका अनुसार ध्रुव्रे बिरामी परेर खोरसोरस्थित हात्तीसार छेछाउ आउन छाडेपछि ढोईहरु बेसरी कराउने गरेका छन् ।
कराएर बोलाउँछन् र सुँडले माटो कोपार्छन् तर ध्रुवे हात्ती हात्तीसारको छेउछाउ आउन सकेको छैन । हाल नेपालमा एक सिँगे गैँडाको राष्ट्रिय गणना भईरहेको हात्तकिो प्रयोग गरेर सो गणाना गरिँदैछ ।

चितवनमा रहेको ३५ वटा हात्तीले गणनाको काममा नपुग्ने भएपछि छिमेकी पर्सा राष्ट्रिय निकुञ्जबाट पाँचवटा हात्ती काजमा झिकाइएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्