Logo
Logo

सय दिनदेखि कृष विश्वविद्यालयमा ताला, सभा बस्न सकेन, पास नगरी बजेट खर्च


दृष्टि संवाददाता


काठमाडौं । प्राध्यापकहरूका संगठन र कर्मचारीसमेतले रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार कार्यालय रहेको प्रमुख प्रशासनिक भवनमा ताला लगाएको सय दिन बितेको छ ।

तर, विश्वविद्यालयका पदाधिकारीले असन्तुष्ट पक्षसँग छलफल गरी समस्या समाधान गर्न सकेका छैनन्, जसका कारण कैयौँ महत्वपूर्ण काम प्रभावित भएका छन् । केही दिनअघि ५८ दिनमा त्रिविको उपकुलपति कार्यालयको ताला खुलेको थियो ।

पदाधिकारीको ‘गैरकानुनी निर्णय’ खारेजको माग राख्दै तालाबन्दी भएको एक सय दिन बिते पनि पदाधिकारीको अग्रसरता नलिदा शैक्षिक एवं प्रशासनिकलगायतका काम प्रभावित भएका छन् । सभा बस्न नसक्दा बजेट पास नभई खर्च भइरहेको छ ।

विश्वविद्यालयमा दुई वर्षदेखि दिक्षान्त नहुँदा विद्यार्थीले मुल प्रमाणपत्र पाउन सकेका छैनन । यसले विदेश अध्ययनमा गएका विद्यार्थीलाई समस्या भएको छ ।

डीन नियुक्तिको विषयलाई मुल मुद्धा बनाएर विश्वविद्यालय आन्दालनमय छ । गत ५ पुसमा रजिष्ट्रारबिना विश्वविद्यालयको कार्यकारी परिषद बैठक बसेर कृषि, बन र बशु बिज्ञानमा गरी तीन जना डीन नियुक्त गरेको थियो ।

ती मध्ये जयप्रकाश दत्तलाई पिएचडी नगरेका व्यक्ति हुन । पीएचडी गराउने डीन कार्यालयमा डीन नै पीएचडी नहुनु कानूनी र नैतिकरुपमै नमिलेको भन्दै प्राध्यापकहरूले आपत्ति जनाएका छन् ।, समाचार आजको नयाँ पत्रिकामा दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्