Logo
Logo

चीनबाट कोरोनाविरुद्धको खोप आज नेपाल ल्याइँदै, के छ यो खोपको विशेषता ?


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाईरस (कोभिड-१९) विरुद्धको चिनियाँ खोप आज नेपाल आइुपुग्ने भएको छ ।अ चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज काठमाडौंमा आउन लागेको हो ।

निगमका प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ ल्याइएको थियो । सो जहाज सोमबार राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएको हो ।

चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुर्ने बताइएको छ ।

अधिकारीहरुका अनुसार विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिसिल्ड खोपभन्दा बढी प्रभावकारी देखिएको बताउँछन् । यद्यपि भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्ने देखिएको छ ।

यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्