Logo
Logo

भारतीय सेनाले नेपाली सेनालाई दियो एक लाख डोज कोरोना खोप


दृष्टि संवाददाता


काठमाडौं । भारतको सेनाले नेपाली सेनलाई कोरोनाभाइरस विरूद्धको एक लाख डोज भ्याक्सिन दिएको छ। भारतीय सेनाले दिएको खोप आइतबार नेपाल आईसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सेनाले कोभिड-१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई भ्याक्सिन उपलब्ध गराएको उल्लेख गरेको छ । भ्याक्सिनको ‍औपचारिक हस्तान्तरण भने केही दिनमा हुने कार्यक्रम रहेको छ। यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज भ्याक्सिन अनुदान दिएको थियो।

प्रतिक्रिया दिनुहोस्