Logo
Logo

मोजाम्बिकमा आतंकवादी आक्रमण, दर्जनौंको मत्यु


दृष्टि संवाददाता


काठमाडौं । मोजाम्बिकको उत्तरी क्षेत्रमा अवस्थित पल्मा सहरमा भएको आतंकवादी आक्रमण भएको छ । उक्त घट्नामा परी दर्जनौं व्यक्तिको ज्यान गएको छ भने केही वेपत्ता छन् ।

बीबसीका अनुसार मोजाम्बिकको रक्षा मन्त्रालयका प्रवक्ता ओमर सारंगाले समुद्री किनारमा पर्ने पल्मा शहरमा इस्लामी चरमपन्थीहरुले गरेको आक्रमणबाट दर्जनौं व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ ।

करिब ७५ हजार जनसंख्या रहेको पल्मामा कति जनाको मृत्यु भयो भन्ने यकिन अझै भइसकेको छैन । हतियारधारी समूहले पल्मा सहरलाई कब्जामा लिएको र सन्चार सम्पर्क पनि विच्छेद भएकाले क्षतिको यकिन विवरण आइनसकेको समाचारमा उल्लेख छ ।

मोम्बिक प्रहरीलाई सहयोग गर्दै आएको डाइक एडभाइजरी ग्रुप प्राइभेट सेक्युरिटी कम्पनीका कर्णेल लायनेल डाइकका अनुसार पूरै सहरमा शवहरु छरिएका छन् । केही शवहरु टाउको अलग भएको अवस्थामा पनि पाइएका छन् ।

हतियारधारी समूहले सबैभन्दा पहिले पसल, बैंक र सेनाका क्याम्पहरुमा आक्रमण गरेका थिए । आक्रमणबाट जोगिन केही मानिसहरु होटलहरुमा लुकेर बसेका थिए भने केही जंगलतर्फ भागेका थिए । मोजाम्बिकको रक्षा मन्त्रालयले चरमपन्थीहरुको चंगुलबाट केही विदेशी नागरिक र स्थानीयलाई बचाइएको जनाएको छ ।

गत बुधबार सो क्षेत्रमा इस्लामी चरमपन्थी आक्रमण भएको थियो । प्रत्यक्षदर्शीका अनुसार धेरै व्यक्तिहरु आक्रमणबाट जोगिन लुकेर बसेका थिए र सुरक्षाकर्मीहरुको प्रतीक्षा गरिरहेका थिए । चार दिनदेखि एक होटलमा लुकेर बसेका सात जनालाई भने आक्रमणकारीले मारेका छन् । यसैगरी समुद्री किनारमा केही व्यक्तिहरुको शव टाउको अलग भएको अवस्थामा फेला परेका थिए ।

धेरै व्यक्तिहरु ज्यान जोगाउन पल्मा सहरबाट भागिरहेका छन् । बीबीसीले मरीन ट्राफिकको वेबसाइटलाई उद्धृत गर्दै लेखेअनुसार पल्मा सहर र पेम्बा बन्दरगाह नजिक धेरै संख्यामा यात्रुहरु देखिएका छन् र उनीहरु ज्यान जोगाउन डुंगा चढेर पल्मा छाडिरहेका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्