Logo
Logo

सेनाको दमन: आफ्नो देश छोड्न खोजेका म्यानमारीको पीडा ! (भिडियोसहित)


दृष्टि संवाददाता


म्यानमार । म्यानमारमा कूमार्फत् सत्ता हत्याएको सेनाले आफ्ना नागरिकहरूमाथि क्रुर निर्मम हत्या गरिरहेको छ । सेनाल आफ्ना नागरिकमाथि हवाई आक्रमण समेत गर्न थालेको हो ।

सेनाले हवाई आक्रमण गरेपछि दक्षिणपूर्वी प्रान्त करेनका तीन हजार जना म्यानमारी शरण खोज्दै थाइल्याण्डको सीमामा पुगेको तस्विरहरु सार्वजनिक भको छ । थाइल्यान्डका अधिकारीहरूले भने उनीहरूलाई देशभित्र प्रवेश गर्न दिएकै छन ।

थाई अधिकारीहरूले उनीहरूलाई सीमामै रोक्ने र कुनै पनि सहायता समूहको सम्पर्कमा आउन नदिने रणनीति लिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

सेनाले आफ्नो गाउँमा आकाशबाट हमला गर्न थालेपछि करेनका वृद्धवृद्धादेखि बालबालिकासम्म ज्यान जोगाउन साल्विन नदी पार गरेर थाइल्यान्ड जान खोजेको समाचारमा उल्लेख छ ।

रोयटर्शका अनुसार गाउँ छोडेर हिँडेकाहरूले बाटैमा खाना पकाएर खाने गरेका छन् भने एक जना महिलाले भुँइमा सुतेर सलाइन पानी चढाएका तस्बिर सार्वजनिक भएका छन्। यता म्यानमारको अर्को छिमेकी भारतले पनि शरण खोज्दै आउनेलाई प्रवेश नदिने निर्देशन दिएको छ।

म्यानमारसँग सीमा जोडिएको मणिपुर सरकारले पाँच जिल्लाका अधिकारीहरूलाई पत्र लेख्दै म्यानमारबाट आउनेहरू छिर्न नदिन र उनीहरूलाई खान बस्नका लागि क्याम्प नखोल्न पनि निर्देशन दिएको टाइम्स अफ इन्डियाले जनाएको छ। यसअघि म्यानमारका प्रहरीसहित केही नागरिक भागेर भारतको मिजोरम आइपुगेका थिए ।

फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हत्याएको सेनाले गरेको दमनमा अहिलेसम्म ५ सय म्यानमारीको मृत्यु भइसकेको समाचारमा जनाईएको छ । सेनाले पछिल्लो समय आफ्ना नागरिकमाथि नै क्रुरतापूर्वक दमन गरिरहेको छ । यसको विश्वर निन्दा भईरहेको छ ।

 

भिडियो

 

तस्विर स्रोत : करेन विमन्स अर्गनाइजेसन र करेन टिचर वर्किङ ग्रुपको फेसबुक

प्रतिक्रिया दिनुहोस्